
जयनगर रेल स्टेशन (फाइल तस्वीर)
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाममा जयनगर रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
- मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
२३ असार, जनकपुरधाम । जनकपुर जययनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो १२: ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4