+
+
Shares

पुन: व्यापार वार्तामा नआउने देशलाई अमेरिकाले ‘धन्यवाद’ लेखेर पत्र पठाउने

उनले चीनसँग व्यापार वार्ताबाहेक अन्य क्षेत्रमा द्विपक्षीय सम्भावना विषयमा कुरा हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते २१:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी कोष सचिव स्कट बेसन्टले ४८ घण्टा भित्र व्यापारसम्बन्धी निर्णय र भन्सार दर हेरफेरको संकेत गरे।
  • उनले नयाँ ट्यारिफ दरहरू साउन १७ गतेदेखि लागू हुने सम्भावना रहेको बताए र द्विपक्षीय वार्ताका लागि चीनसँग छलफल हुने जानकारी दिए।

२३ असार, काठमाडौं । अमेरिकाले आगामी ४८ घण्टा (स्थानीय समय अनुसार) मा व्यापारसम्बन्धी थुप्रै घोषणा हुने जनाएको छ ।

यसमा विभिन्न देशसँगका व्यापारमा भन्सार दर हेरफेर सम्बन्धी निर्णय समेत पर्नेछ ।

अमेरिकी कोष सचिव स्कट बेसन्टले सोमबार बिहान अमेरिकी सञ्चामाध्यम सीएनबीसीसँगको अन्तर्वार्तामा आगामी ४८ घण्टाभित्रमा विभिन्न देशसँगको भन्सार दर हेरफेरको संकेत गरेका गार्जिएनले जनाएको छ ।

व्यापार वार्ताका सन्दर्भमा धेरै देशहरूले आफ्नो धारणा परिवर्तन गरिएको बताउँदै उनले केही दिनमा अमेरिकाका तर्फबाट व्यापारसम्बन्धी कदम चालिने बताएका छन् ।

‘ नयाँ प्रस्ताव र नयाँ अफरहरूका कारण गएराति मेरो इमेल भरिएको थियो’, बेसन्टले भने, ‘यही कारणले आगामी केही दिनहरू निकै व्यस्त हुने देखिन्छ ।’

ट्रम्प प्रशासनले ल्याउन लागेको नयाँ ट्यारिफ (भन्सार) दरहरू कहिले लागू हुन्छन् भन्नेमा भने अन्यौल देखिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आज अपराह्न १२ बजे (स्थानीय समय अनुसार) बाट ट्यारिफसम्बन्धी पत्र पठाउन सुरु गरिने घोषणा गरेका थिए । त, बेसन्टले भने सीएनबीसीसँगको अन्तर्वार्तामा यसबारे टीप्पणी गर्न चाहेनन् ।

अमेरिकाले नयाँ ट्यारिफ दरहरु साउन १७ गते (अगस्ट १) देखि लागू हुने सम्भावना बढेको छ ।

द्विपक्षीय व्यापार वार्ताका लागि विभिन्न देशलाई पठाइने पत्र अल्टिमेटमका रुपमा नहुने भन्दै उनले वार्तामा आउन नचाहनेलाई धन्यवाद भनिने बताए ।

त्यस्ता पत्रको शैलीका बारेमा उनले भने, ‘यी पत्रहरू कुनै अल्टिमेटम होइनन्, हामी तपाईंलाई व्यापारिक साझेदारका रूपमा स्वागत गर्छौं, तपाईं पुन: वार्तामा आउन चाहनु भएन भने पनि यो दर लागू हुनेछ ।’

टीकटकको स्वामित्व हेरफेरबारे बोलेनन्

टीकटकको स्वामित्व परिवर्तनसम्बन्धी वार्ता पनि यसै हप्ता सुरु हुने राष्ट्रपति ट्रम्पले बताएका थिए । यसबारे पनि कोष प्रमुख बेसन्टले प्रतिक्रिया दिन चाहेनन् ।

तर, अमेरिका–चीन व्यापार वार्ताबारे भने उनले खुलेर कुरा गरेका थिए । उनले चीनसँग व्यापार वार्ताबाहेक अन्य क्षेत्रमा द्विपक्षीय सम्भावना विषयमा कुरा हुने बताएका छन् ।

‘यदि चीनले चाहेमा हामीसँग उनीहरूका लागि गर्ने धेरै कुरा छन्,’ बेसन्टले भने, ‘त्यसैले हामी छलफल गर्नेछौं कि व्यापारभन्दा बाहिरका विषयहरूमा पनि अगाडि बढ्न सकिन्छ कि सकिँदैन ।’

आगामी केही साताभित्र चिनियाँ समकक्षीसँग भेट गर्ने तयारी समेत उनले खुलासा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?