+
+
Shares

रसुवा प्रशासनले पूर्वतयारी अपनाउन दुई साताअघि नै सतर्क बनाएको थियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १२:०३

२४ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले दुई साता अघि (असार १०) मा नै पूर्वतयारी अपनाउन सतर्क गराएको थियो । प्रशासनले विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको जानकारी गराएको थियो ।

चिनियाँ पक्षबाट समेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाई बग्ने नदीहरूमा चालु सक्रिय मनसुनका कारण नदीको बहाव बढ्न जानेप्रति प्रशासनले सचेत बनाएको थियो । ‘नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्र आसपासमा अवस्थित कार्यालय/संरचनाहरूमा विपद्को जोखिम बढ्न सक्ने सम्भावना रहेको’ सूचनामा उल्लेख थियो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले सूचना जारी गरी आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेका थिए ।

रसुवा जिल्ला भई बहने (भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका क्षेत्रमा बाढी पहिरोजन्य विपद्को जोखिम रहेको उल्लेख गरिएको थियो । ‘उक्त क्षेत्रहरूमा बसोबास गर्नुहुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउनु हुन अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?