
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरूका लागि राहत र उद्धारको निर्देशन दिएका छन्।
- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका छन्।
- बाढीका कारण विद्युत् आयोजना, पुल र करिब एक सय गाडी बगाएको अनुमान गरिएको छ।
२४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार राति आएको बाढीले रसुवामा १८ जना सम्पर्कविहीन भएका छन् ।
बाढीले विद्यत् आयोजना र पुलहरुमा क्षति पुर्याएको छ । रसुवागढी भन्सारमा राखिएका करिब एक सय गाडीहरू बाढीले बगाएको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4