+
+
Shares

उपकुलपति अर्यालले सम्हाले कार्यभार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रा.डा. दीपक अर्यालले २५ असार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदको कार्यभार सम्हाले।
  • उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथ ग्रहण गरेका हुन् ।

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले कार्यभार सम्हालेका छन् ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट सपथ लिएपछि पदभार सम्हाल्न उनी कीर्तिपुर पुगेका हुन् ।

कुलपति ओलीसमक्ष प्रा.डा. अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले उपकुलपतिका लागि अर्यालसहित खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

जसमध्येबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

१५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

२०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका अर्याल उपकुलपति बने । उनी सेवा आयोगको प्रक्रिया पूरा गरेर त्रिवि छिरेका थिए ।

२०५४ सालमा स्थायी भएका उनी २०७६ सालमा प्राध्यापक भएका थिए । त्यसपछि उनी जल तथा मौसम विभागको प्रमुख समेत भए  ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?