
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ।
- बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने, ‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्दछ।’
- रेग्मीले डिजिटल क्षमता विस्तार, खुद्रा र एसएमई सेवा सुदृढीकरण तथा समावेशितालाई बैंकको प्रगतिको प्रमुख कारण भनेका छन्।
२६ असार, काठमाडौं । ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ ।
प्रतिष्ठित यो पुरस्कार एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको छ । ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले उत्कृष्ट मान्यता पाएको हो ।
‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्वित गर्दछ’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने ।
डिजिटल क्षमता विस्तार गर्ने, खुद्रा तथा एसएमई सेवालाई सुदृढ गर्ने र समावेशितालाई बढाउँदै लैजानु नै बैंकको प्रगतिको प्रमुख कारण भएको उनले बताए ।
नेपालभर बैंकिङ सेवालाई प्रभावकारी बनाउन यो उपाधिले हौसलता प्रदान गरेको रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4