
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज लक्षित दुई गीत 'गाई कालो' र 'सल्ला दमार'लाई प्रतिबन्ध लगाउन माग गरेको छ।
- संस्थाले ती गीतले मौलिक परम्परालाई प्रहार गरेको भन्दै सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्यूरो र कलाकार संगठनलाई कारबाही गर्न आग्रह गरेको छ।
- राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्री रमेश लेखकलाई भेट्ने जनाउँदै सामाजिक मर्यादाविपरीत अश्लील र विकृत गीतसंगीत उत्पादनप्रति चिन्ता व्यक्त गरेको छ।
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज लक्षित दुई गीतलाई प्रतिबन्ध लगाउन माग गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले ती गीतले मौलिक परम्परलाई प्रहार गरेको भन्दै प्रतिबन्धको माग गरेको हो । गाई कालो, गाईको दुध सेतो र सल्ला दमारमा बोलका यि दुई गितलाई प्रतिबन्ध लगाएको हो ।
ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमार’मा गीतलाई रोक्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीतसंगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ ।’
पछिल्ला वर्षमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादाविपरीत अश्लील र विकृत गीतसंगीत उत्पादन तथा प्रसारण गरिरहेको र यो निन्दनीय रहेको संस्थाले उल्लेख गरेको छ ।
संस्थाले यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेलाई कार्वाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्यूरो, कलाकार संगठन लगायतलाई आग्रह गरेको छ ।
यही विषयमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्री रमेश लेखकलाई पनि भेट्ने जनाइएको छ ।
प्रतिक्रिया 4