+
+
Shares

रायो सागपछि घिउ सिमीमा भेटियो अत्यधिक विषादी

काभ्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा बिहीबार ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ।
  • केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ पसलका तरकारी तथा फलफूल परीक्षण गर्दा घिउ सिमीमा विषादीको मात्रा धेरै भेटिएको र उपभोग अयोग्य रहेको खुलाएको छ।
  • सरकारले ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मान्ने मापदण्ड बनाएको छ र मंगलबार रायो सागमा पनि अत्यधिक विषादी भेटिएको थियो।

२६ असार, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको घिउ सिमीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

काभ्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा बिहीबार ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा घिउ सिमीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त घिउ सिमी उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

यसअघि मंगलबार पनि रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?