+
+
Shares

काठमाडौं महानगरमा २५ अर्ब ११ करोडको बजेट सीमा

राजस्व परामर्श समिति बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर  बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ बराबर निर्धारण गरेको छ।
  • राजस्व परामर्श समितिको बैठक काठमाडौं प्लाजामा महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको थियो।
  • बैठकले पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय गर्दै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

२७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ ।

राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आजै बसेको थियो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर  बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।

बैठकमा प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?