+
+
Shares

भुसभित्र लुकाइएको काजु बरामद गर्ने सई यादव सर्लाहीका उत्कृष्ट प्रहरी घोषित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुभाष यादव असार महिनाको लागि सर्लाहीका उत्कृष्ट प्रहरी घोषित भएका छन्।
  • उनको नेतृत्वमा चार करोड ३६ लाख ४२ हजार ७७१ रुपैयाँ बराबरको विभिन्न भन्सार छललेर ल्याइएका सामानहरु नियन्त्रणमा लिइएका थिए।
  • उनले भारतीय सुरक्षाकर्मीसँग समन्वयमा बालबालिकाको उद्धार र अन्य आपराधिक गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

२८ असार, काठमाडौं । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुभाष यादव असार महिनाको लागि सर्लाहीका उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको नेतृत्वमा विभिन्न मितिमा चार करोड ३६ लाख ४२ हजार ७७१ रुप्रयाँ बराबरको भन्सार छललेर ल्याइएका लसुन, इलेक्ट्रोनिक्स सामानहरु, हार्डवेयर पार्टस्, रबर, सुपारी, औषधि, कपडालगायत १० वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै, उनको नेतृत्वमा २२ असारमा चेकजाँचको क्रममा परालको भुस लोड गरेर ल्याएको ट्रक भित्र लुकाइ राखेको करिब १३ लाख रुपैयाँ बराबरको ८२० किलो काजु बरामद भएको थियो । यसैगरी, यादवको नेतृत्वका भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा बालबालिकालाई भारतबाट उद्धार भएको थियो भने अन्य आपराधिक गतिविधि नियन्त्रणमा पनि उनले महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?