+
+
Shares

१४ विधामा ‘नेसनल म्युजिक अवार्ड’ प्रदान, शम्भुजीतलाई ‘लाइफटाइम अचिभमेन्ट’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेडियो कान्तिपुरले आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड २०८१’ मा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ।
  • ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजित समारोहमा बासकोटालाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।
  • समारोहमा १४ जना गायकगायिकाले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका थिए र सांगीतिक प्रस्तुति समेत गरिएको थियो।

काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड २०८१’मा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।

समारोहमा प्रसारित संगीतकार बासकोटाको जीवनी समेटिएको श्रव्यदृश्यमार्फतलाई ‘संगीत सम्राट’को उपाधि प्रदान गरियो । शनिबार ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा अवार्ड समारोहमा उनलाई नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

बासकोटाको सम्मानमा गायक सुरेश लामा तथा गायिका अस्मिता अधिकारीले बासकोटाद्वारा सगीतबद्ध चार लोकप्रिय गीत प्रस्तुत गरे । समारोहमा विभिन्न विधाका १४ जना गायकगायिका पुरस्कृत भए ।

उत्कृष्ट नवगायकको अवार्ड आरसी रिमालले प्राप्त गरे । उत्कृष्ट लोकगायिकाको अवार्ड शान्तिश्री परियारले प्राप्त गरिन् । लोक गायक विधामा प्रकाश दूतराज उत्कृष्ट घोषित भए ।

उत्कृष्ट रचनाकारको अवार्डबाट भुषण खरेल पुरस्कृत भए । आधुनिक गायिकाको अवार्ड टीका प्रसाईंले पप्राप्त गर्दा उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले प्राप्त गरे ।

पाश्र्व गायक विधामा एसडी योगी र पाश्र्वगायिका विधामा समीक्षा अधिकारीले अवार्ड उचाले । उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइलीले प्राप्त गरे भने उत्कृष्ट ब्याण्डको अवार्ड ‘कुमः सागर एण्ड द ख्वपः’ ब्यान्डले प्राप्त गर्न सफल भयो ।

हिपहप एण्ड आर एण्ड बी विधाको अवार्ड भने ब्रिजेश श्रेष्ठले प्राप्त गरे । त्रिशला गुरुङ उत्कृष्ट पपगायिका घोषित भइन् । उत्कृष्ट पपगायक र पिपुल्स च्वाइस अवार्ड सुशान्त केसीले प्राप्त गरे ।

केसी दुई अवार्डबाट सम्मानित भए । गायक दुर्गेश थापालाई ‘इनर्जेटिक अवार्ड’ प्रदान गरियो । कुमः सागर एण्ड द ख्वप ब्याण्ड, दुर्गेश थापा लगायतले आकर्षक प्रस्तुति दिए । दुर्गेशले आफ्नो लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’देखि नयाँ गीत ‘जाने भए जाम माया’सम्म गाए ।

स्ट्याण्डअप कमेडियन सुन्दर खनाल र सुजाता श्रेष्ठको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । नृत्य समूह ‘कार्टुन्ज क्रू’को नृत्य प्रस्तुति पनि दर्शकलाई मनोरञ्जन दिन सफल भएको थियो ।

स्वप्न सुमनको लाइभ प्रस्तुतिमार्फत सुरु समारोहमा कलाकारको बाक्लो उपस्थिती थियो । गायकद्वय सुशान्त घिमिरे र वाङदेन शेर्पाको सांगीतिक प्रस्तुतिलाई पनि दर्शकले मन पराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?