
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी सवेता खातुन मृत फेला परेका छन्।
- सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले सुकदेवको शव झुन्डिएको अवस्थामा र सवेता खातुनको शव ओछ्यानमा फेला परेको जानकारी दिए।
- प्रहरीले घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको छ र स्थानीयले बिहान करिब ९ बजे प्रहरीलाई खबर गरेका थिए।
२९ असार, विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् ।
आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।
सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।
सवेताको शव भने ओछ्यानमा फेला परेको छ । उनका अनुसार सुकदेवकाे शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीकाे शव भने बेडमा सुतिरहेकाे अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे उनले बताए ।
आइतबार बिहान करिब ९बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया 4