
News Summary
Generated by OK AI. Editorially reviewed.- विर्तामोड, नेपालगञ्ज र जनकपुरपछि काठमाडौंमा मिस नेपाल २०२५ को अडिसन ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना गरिएको छ।
- अडिसनमा ९० सुन्दरीले भाग लिए, जसमा १० जना उचाइको कारण अयोग्य भएका थिए र दुईजनाले अनलाइन अडिसन दिएका थिए।
- फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ र १४ सबटाइटलसहित विभिन्न उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
काठमाडौं । विर्तामोड, नेपालगञ्ज र जनकपुरपछि ‘मिस नेपाल २०२५’को काठमाडौं अडिसन आयोजना गरिएको छ ।
शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित अडिसनमा ९० सुन्दरीले भाग लिए ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’का अनुसार १० जना उचाइको कारण अयोग्य भए । दुईजनाले अनलाइन अडिसन दिए । यीमध्येबाट सोमबारसम्म ३० जना छनोट हुनेछन् ।
त्यसबाट पनि १ सातामा ४ जना बाहिरिनेछन् । संस्थाका निर्देशक प्रमोद कंशाकारले अडिसनमा आवेदकको सहभागिता उत्साहजनक रहेको बताए ।
फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।
१४ सबटाइटलसहित मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरन्यासनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4