+
+
Shares

नयाँ पुस्ता ल्याउनुपर्छ भनेर लिङ्देनलाई काँध थापें, मैमाथि कारबाही भयो : महामन्त्री राणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १३:१८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई कारबाही गरेको आरोप लगाएका छन्।
  • राणाले भारतमा क्यान्सर उपचारका क्रममा पदबाट हटाइएको गुनासो गर्दै पार्टी विवाद मिलाउन अध्यक्षको घरमा ६ पटक पुगेको बताए।
  • उनले कारबाही गलत भएको भन्दै निर्वाचन आयोगमा गएका र पार्टी फुट्न नदिन आग्रह गरेका छन्।

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले आफैंले नेतृत्वमा ल्याएको राजेन्द्र लिङ्देनले आफैंलाई कारबाही गरेको आरोप लगाएका छन् ।

अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई गरिएको कारबाहीका विरुद्ध आइतबार निर्वाचन आयोग पुगेका राणाले भने, ‘नयाँ पुस्तालाई भनेर अब मैले नै काँधमा बोकेर ल्याएको तर अब मैमाथि पटक-पटक कारबाही हुन्छ।’

उनले आफूलाई क्यान्सर भएर उपचार गर्न भारत जाँदा आफूलाई पदबाट हटाइएको गुनासो पनि गरे ।

पार्टीभित्रका विवाद मिलाउन आग्रह गर्दै आफू अध्यक्ष लिङ्देनको घरमा ६ पटकसम्म पुगेर आग्रह गर्दा पनि काम नहुँदा निर्वाचन आयोगसम्म धाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

‘तर पार्टी फुट्न दिन्नौं, हामी पार्टीको पक्षमा छौँ र यो पार्टीले बोकेको एजेन्डा उत्कृष्ट छ, ‘ उनले भने ।

महाधिवेशनको मुखमा गरिएको यस्तो कारबाहीहरूले अध्यक्षले एकलौटी गर्न चाहेको हुनसक्ने सम्भावना उनले औंल्याए । ‘त्यस्तो सम्भावना छ। आफ्नो विरोध गरेको सबलाई निकाल्दियो भने त एकलौटी भइहाल्छ नि,’ उनले भने ।

उनले थपे, ‘सबै निर्णय एक्लै गर्न खोज्यो भने यसको प्रतिवाद हुन्छ र एक्सिडेन्ट हुन्छ भनेर पटक-पटक भनेको हो तर उहाँले मान्नुभएन ।’

अध्यक्षले मनोनित गर्न पाउने तर हटाउन कमिटीबाट निर्णय गर्नुपर्ने विधानमा व्यवस्था रहेको उनले दाबी गरे ।

‘पार्टीभित्र अन्याय हुन लागेपछि हामीले बोलेको हो । सबभन्दा पहिला त हामीले पार्टीभित्रै मिलाउन खोजेको थियौँ पटक-पटक म अध्यक्षको घर पनि गएको छु’ उनले भने, ‘पार्टीलाई एउटा सहमतिमा चलाएर लिएर जाउँ भनेर पटक-पटक भनेको पनि छु। तर त्यस्तो हुन सकेन। यो दुर्भाग्य हो।’

महामन्त्री राणाले नवराज सुवेदीलाई गरेको कारबाही गलत भएको र पुनर्बहाली गर्न आयोगसम्म आउनुपरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?