+
+
Shares

निलम्बित उपाध्यक्ष साहमाथि जनमतकै नेताले छ्यापे मोसो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १३:५२
दिपक साह र उनलाई कालोमोसो छ्याप्ने विकास सिंह सिके राउतसँग ।

२९ असार, जनकपुरधाम । जनमतका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा जनमतकै नेताले कालोमोसो छ्यापेका छन् ।

जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका-३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो छ्यापिएको हो ।

निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटमा जनसंवाद यात्रा सुरु गरेका थिए । सोही यात्रामा रहेको बेला पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले आफूमाथि मोसो छ्यापेको साहको आरोप छ ।

‘जन संवाद यात्राको क्रममा खाना खाएर निस्केको थिएँ । सोही क्रममा अध्यक्ष राउतका निकट विकास सिंहको नेतृत्वमा ममाथि कालोमोसो छ्यापियो’, उनले भने, ‘हामीले संवाद यात्रा थालेपछि बाहिरी ननिस्किन निरन्तर अध्यक्ष निकटबाट धम्की आइरहेको छ ।’

पार्टीमा डा. राउत परिवारवाद लाद्न खोजेको र स्वतन्त्र मधेश गठबन्धनकै बेलादेखि संघर्ष गरेर पार्टीलाई यो स्थानमा पुर्‍याउनेलाई अघि बढ्न नदिन विभिन्न बहानमा अनुशासनको कारबाही तथा फसाउने काम गरिरहेको संवाद यात्रा थालेका पक्षको ठहर छ ।

निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रुपमा ‘जनसम्वाद यात्रा’ रौतहतबाट सुरु गरिएको थियो ।

जनमतका केन्द्रीय सचिव बीपी साहले मोसो छ्याप्नु राजनीतिक तथा लोकतान्त्रिक चरित्र नभएको बताएका छन् । उनले यस बारेमा पार्टीभित्र छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?