+
+
Shares

स्पेन गएर नेपाली नफर्किएकोबारे संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १३:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पेन गएर नेपाली नफर्किएकोबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
  • राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा सरकारले संसदीय छानबिन गर्न किन डराएको प्रश्न उठाएका छन्।
  • शाहीले भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने र संसदमा गम्भीरता नदेखिएको आरोप लगाएका छन्।

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्पेन गएर नेपाली नफर्किएकोबारे संसदीय छानबिन समिति गठन गर्न मागेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो माग गरेका हुन् ।

‘अहिले मात्रै प्रधानन्त्रीसँग गएका, प्रधानमन्त्रीसँग नगए पनि उहाँ गएकै कार्यक्रममा जाने भनेर गएका फर्किएका छैनन् भन्ने पुष्टि भइसकेको छ । यसको छानबिन गरौं । संसदीय छानबिन समिति बनाउनका लागि किन सरकार डराएको छ । यसको छानबिन होस् । संसदीय छानबिनको माग हामी राप्रपा गर्छौं,’ उनले भने ।

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन हुने गरेको र यस सम्बन्धमा विगतदेखि नै संसद्‍मा कुरा उठ्दै आएको तर, गम्भीर नभएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?