+
+
Shares

कम्पनी रजिस्ट्रारमा सेवाग्राहीलाई सास्ती भयो, सरकारको ध्यानाकर्षण होस् : सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राहीको काम नगरेर ‘पछि आउनुस्’ भनी दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राहीलाई काम नगरी ढिलाइ गरेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराए।
  • पाण्डेले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा आर्थिक ऐनले कम्पनीहरूलाई वार्षिक विवरण बुझाउन छुट दिएको भए पनि कर्मचारीहरूले अनलाइन विवरणमा ढिलाइ गरी सेवाग्राहीलाई दुःख दिएको बताए।
  • उनले राजस्व गुम्ने र नागरिकलाई दुःख हुने भएकाले सरकारलाई जरिवाना छुटको सुविधा दिएर समस्या समाधान गर्न आग्रह गरे।

२९ असार, काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवाग्राहीले भोग्नुपरेको सास्तीको विषय संसद्‌मा उठेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा यो विषय उठेको हो ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राहीको काम नगरेर ‘पछि आउनुस्’ भनी दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘कम्पनीको वार्षिक विवरण बुझाइ कर तिर्न गएका करदाता एक जना प्रतिनिधि पात्र सन्तोष बुढाथोकीले भिडियोमार्फत व्यक्त गरेको कुरा सुन्दा म आश्चर्यचकित भएँ,’ सांसद पाण्डेले भने, ‘नेपालमा केही गर्छु भनेर फर्किएका युवा उक्त कार्यालयमा जाँदा काम नभएको, पछि आउनुस् भन्दै झुलाउने गरेको, कर बुझाएका कम्पनीको विवरण नहेरी ढिलासुस्ती गरेको पाइएको छ ।’

उनले आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा आर्थिक ऐनमार्फत कम्पनी रजिस्ट्रारको कार्यालय अन्तर्गत दर्ता रहेका विभिन्न पब्लिक तथा प्राइभेट कम्पनीहरूले लामो समयदेखि वार्षिक विवरण नबुझाइ अद्यावधिक गराउने कार्यमा छुट हुने प्रावधान सरकारले नै ल्याएको हुँदा कम्पनीहरूले अनलाइन मार्फत वार्षिक विवरण बुझाएकामा त्यहाँका कर्मचारीले ढिलासुस्ती गरी सेवाग्राहीलाई दुःख दिने गरेको भनाइ राखे ।

‘कर्मचारीले गरेको ढिलासुस्तीका कारण म्यादभित्र राजस्व बुझाउन नपाए सरकारको राजस्व पनि गुम्ने र त्यस्ता व्यक्तिहरू राजस्वमा दण्डित हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो बारेमा सरकारको ध्यान पुगोस् । एकातिर राजस्व कमी हुने, अर्कातिर नागरिकले दुःख पाउने । त्यहाँ कर बुझाउन गएका नागरिकलाई दुःख दिने यो हाम्रो कस्तो सुशासन हो ? यतातिर सरकारको ध्यान पुगोस् र म्यादभित्र विवरण बुझाएका कम्पनीहरूलाई जरिबाना छुटको सुविधा दिएर समस्या समाधान गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?