
३० असार, काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो ।
प्रहरीले केही विद्यार्थीहरुलाई भ्यानमा कोचेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोेज्दा घम्साघम्सी भएको थियो ।
नि:शु:ल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज बिहान १० बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरु माइतीघरदेखि नयाँबानेश्वरसम्म पुग्ने योजना थियो । तर प्रहरीले माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन सुरु गरेपछि अन्यले प्रहरी प्रशासन विरुद्ध नारा लगाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4