
News Summary
Generated by OK AI. Editorially reviewed.- असमको नलबाडी जिल्लाका माणिक अलीले पत्नीसँग डिभोर्स भएको खुसीमा दूधले नुहाएका छन्।
- उनीले भने, \"आजदेखि म स्वतन्त्र भएको छु\" र आफूले डिभोर्स भइसकेको जानकारी वकिलबाट पाएको बताए।
- स्थानीय बासिन्दाहरूका अनुसार अलीकी श्रीमतीले कम्तीमा दुई पटक परपुरुषसँग घरबाट भागेकी थिइन् र दुवैले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका थिए।
यद्यपि वैवाहिक सम्बन्ध टुट्नु कुनै खुसीयाली मनाउनुपर्ने कुरा होइन। तर कहिलेकाहीँ दाम्पत्य जीवन यतिधेरै बोझ बन्दछ कि त्यसबाट मुक्ति पाउँदा दम्पतीहरू खुसी हुन्छन् र उत्सव नै मनाउँछन् । भारतको असममा एकजना पुरुषले यस्तै गरेका छन्।
असमको नलबाडी जिल्लाका माणिक अली नामका पुरुषले पत्नीसँग डिभोर्स भएको खुसीमा दूधले नुहाएका छन् ।
अदालतबाट कानुनी रूपमै पत्नीसँग छुटिटएको खुसी मनाउन ती व्यक्तिले जिउमा दूध खन्याएर नुहाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उक्त भिडियोमा उनले भनेका छन्- आजदेखि म स्वतन्त्र भएको छु । ऊ (श्रीमती) आफ्नो प्रेमीसँग पटक–पटक भागी । तर आफ्नो परिवारको शान्तिका लागि म चुपचाप बसेँ । मेरा वकिलले मलाई जानकारी दिएका कि मेरो डिभोर्स भइसकेको छ । त्यसैले म अहिले यो खुसी मनाउन दूधले नुहाउँदै छु।
स्थानीय बासिन्दाहरूका अनुसार अलीकी श्रीमती यसअघि कम्तीमा दुई पटक परपुरुषसँग घरबाट भागेकी थिइन् । त्यसपछि दुवैले आपसी सहमतिमै वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका थिए ।
माणिक अलीको यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।
धेरैजसोले यसलाई लाजमर्दो व्यवहार भनेका छन् भने कतिपयले हँसिमजाकको रूपमा लिएका छन् । केहीले चाहिँ यसरी दूध खेर फाल्नु मूर्खतापूर्ण काम भएको टिप्पणी गरेका छन् ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4