+
+
Shares

ललितपुरबाट समातिए ११ जुवाडे

महर्जनको घरको तेस्रो तल्लामा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि २९ असार साँझ ६:३० बजे ललितपुर प्रहरीको टोलीले छापा मारेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको कोणवहालस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा घरधनी प्रेम महर्जनसहित विभिन्न स्थानका १० जना छन्।
  • प्रहरीले घटनास्थलबाट पाँच लाख १९ हजार ९ सय रुपैयाँ र कौडा बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

३० असार, ललितपुर । ललितपुरको कोणवहालस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी प्रेम महर्जनसहित अन्य १० जना छन् ।

प्रहरीका अनुसार, पक्राउ पर्ने अन्यमा ईमाडोलका रविन्द्र दहाल (४८), ललितपुर–८ का शंखर माली (४७), ललितपुर ११ का चौठीमुनी बज्राचार्य (६९), खोटाङ घर भई अहिले एकान्तकुना बस्दै आएका पुर्वा शेर्पा (२२), भैसेपाटीका कल्याण तामाङ (३६), काभ्रे घर भइ गोकर्णेश्वर बस्दै आएका केशव नेपाल (४५) छन् ।

चितवन घर भई हाल ग्वार्को, ललितपुर बस्ने वीर बहादुर वाईवा (५०), वडा नं. ११ का दिलेक बज्राचार्य (५६), गोकर्णेश्वरका गोकुलप्रसाद चौलागाई (५१)  र बूढानीलकण्ठका लक्ष्मी सुब्बा (४८) पनि हिरासतमा छन् ।

महर्जनको घरको तेस्रो तल्लामा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि २९ असार साँझ ६:३० बजे ललितपुर प्रहरीको टोलीले छापा मारेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जुवाडेहरू आ–आफ्नो सामुन्ने नगद राखेर हारजित हुने गरी कौडा खेलिरहेका थिए । घटनास्थलबाट प्रहरीले पाँच लाख १९ हजार ९ सय रुपैयाँ र कौडा बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?