
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले नेपाली चलचित्रका विभिन्न विधामा योगदान पुर्याउने १० जनालाई सम्मान गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित समारोहमा उनीहरूलाई सम्मान प्रदान गर्नुभयो।
- यसमा अभिनेता प्रेम सुब्बा, पाश्र्वगायिका देविका बन्दना, छायांकार दीर्घ गुरुङ लगायतलाई राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को सन्दर्भमा सम्मान गरिएको हो।
काठमाडौं । नेपाली चलचित्रका विभिन्न विधामार्फत योगदान पुर्याउने १० जनालाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्मान प्रदान गरे ।
अभिनेता प्रेम सुब्बा, पाश्र्वगायिका देविका बन्दना, छायांकार दीर्घ गुरुङ, अभिनेता अनुप बराल, जनजाति फिल्मका निर्देशक पर्शुराम चौधरी, अभिनेत्री सुरक्षा पन्त, क्यूएफएक्स सिनेमाका प्रमुख नकिम उद्दिन, अभिनेता उत्तम केसी, अभिनेत्री अन्जु रन्जितकार र अभिनेता निखिल उप्रेतीलाई सम्मान प्रदान गरियो ।
बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को सन्दर्भमा यो सम्मान प्रदान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4