+
+
Shares

पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्।
  • मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको कार्यभार तोकेको थियो।
  • समितिका अध्यक्ष शरद ओझामाथि उजुरीपछि तीन सदस्यीय छानविन समिति गठन भएको छ र उनी निलम्बन भएका छन्।

३१ असार, काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले मंगलबार शपथ लिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझामाथि उजुरी परेपछि मन्त्रिपरिषद् बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बन भएका छन् । यसैबीच, छानबिन समितिका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले मंगलबार पत्र बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?