
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित खेल मैदानमा तीर हान्ने अभ्यासका क्रममा ४१ वर्षीय हरिप्रसाद घर्ती घाइते भएका छन्।
- घाइते हरिप्रसादलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ र उनको घाँटीको दाहिने भागमा तीर गाडिएको छ।
- तीर हान्ने २४ वर्षीय रितिक छन्त्याल प्रहरी वृत्त, बालाजुको नियन्त्रणमा छन् र थप अनुसन्धान भइरहेको छ।
३१ असार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा एक जना घाइते भएका छन् ।
सोमबार करिब ३ बजेतिर काठमाडौं–१६, माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हानेका थिए । तर, त्यो तीर बोर्डतिर नगएर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्तीलाई लागेको थियो ।
उनी घाइते भएलगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उनको घाँटीको दाहिने भागमा तीर गाडिएको छ ।
तीर हान्ने रितिक अहिले प्रहरी वृत्त, बालाजुको नियन्त्रणमा छन् । थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4