+
+
Shares

रमेशगङ्गा स्रष्टा सम्मान रिजाल र आचार्यलाई प्रदान

सम्मानित स्रष्टा रिजालले स्वतन्त्र भएर पनि सम्मान पाइँदोरहेछ भन्ने उदाहरण आफू सम्मानित हुनुले महसुस गरेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्रष्टा समाजले रमेशगङ्गा स्रष्टा सम्मान स्रष्टा सरस्वती रिजाल र कवि विधान आचार्यलाई प्रदान गरेको छ।
  • कार्यक्रममा साहित्य साधक रमेशचन्द्र देवकोटा, अध्यक्ष श्रीओम श्रेष्ठ \'रोदन\' र सांसद डा. दिनेशचन्द्र देवकोटाले रिजाल र आचार्यलाई सम्मान प्रदान गरे।
  • रिजाल र आचार्यलाई जनही २१ हजार १११ रुपैयाँसहित सम्मानित गरिएको थियो।

३१ असार, काठमाडौं । नेपाल स्रष्टा समाजले रमेशगङ्गा स्रष्टा सम्मान स्रष्टा सरस्वती रिजाल र कवि विधान आचार्यलाई प्रदान गरेको छ ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा साहित्य साधक रमेशचन्द्र देवकोटा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, बागमती प्रदेशका सांसद डा. दिनेशचन्द्र देवकोटा लगायतले उक्त सम्मान प्रदान गरेका हुन् ।

नेपाली साहित्य सिर्जनामा निरन्तर साधनारत रहेर उल्लेख्य योगदान पुर्‍याए वापत रिजाल र आचार्यलाई क्रमश: २०८० र २०८१ सालको रमेशगङ्गा स्रष्टा सम्मान प्रदान गरिएको हो । उनीहरूलाई जनही २१ हजार १११ सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा डा. दिनेशचन्द्र देवकोटाले नेपाल स्रष्टा समाजलाई सरकारी क्षेत्रभन्दा माथि उठेर साहित्यको सेवा गरेकोमा धन्यवाद दिए । आफ्ना मातापिताको नाममा स्थापित सम्मान प्रदान गर्ने व्यवस्था र सम्मानको लागि उपर्युक्त पात्र चयनको लागि खुसी व्यक्त गरे ।

सम्मानित स्रष्टा रिजालले स्वतन्त्र भएर पनि सम्मान पाइँदोरहेछ भन्ने उदाहरण आफू सम्मानित हुनुले महसुस गरेको बताइन् ।
अर्का सम्मानित स्रष्टा आचार्यले खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको अनुभूति भएको बताए ।

२०७७ सालदेखि प्रदान गर्न थालिएको यस सम्मानबाट यसअघि जनार्दनशरण त्रिपाठी, डा. वासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित भइसकेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?