+
+
Shares

ठेकेदार मनोज भेटवाल पक्राउ प्रकरण : जाहेरी दिने बराल नै समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १२:१५

३२ असार, काठमाडौं । विवादास्पद ठेकदार मनोज भेटवाल पक्राउ परेको बैंकिङ कसुरसम्बन्धी प्रकरणमा जाहेरी दिने दिने व्यक्ति आफैं पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले जाहेरवाला राजकुमार बराललाई पक्राउ गरिएको एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ‘उहाँविरुद्ध पनि उजुरी परेकाले पक्राउ गरेर सरकारी वकिल कहाँ लगेका थियौं, तर म्याद थप नभएपछि हाजिर जमानतमा छाडेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘उहाँ छुटे पनि अनुसन्धान चलिरहेको छ ।’

प्रहरीले ५ दिनअघि भेटवाललाई काठमाडौंबाट पक्राउ गरेको थियो । तर, पक्राउ गरिएलगत्तै स्वास्थ्य कारण देखाउँदै अस्पताल भर्ना भएका उनलाई पनि पछि हिरासतमा राख्न म्याद थप भएको थिएन ।

प्रहरीका अनुसार, करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको सन्दर्भमा त्यसको स्रोत समेत खोजी भएको थियो । त्यसक्रममा भेटवालले मिटरब्याजमा रकम दिएको भन्दै बरालविरुद्ध समेत उजुरी दिएको खुलेको थियो ।

त्यसपछि प्रहरीले बरालको समेत खोजी गरेको थियो । पक्राउ पक्राउ पर्नूअघि भेटवालका सहयोगी नरेश कुमार चेङवाङ पक्राउ परेका थिए । प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ परेका उनी जलेस्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत व्यक्ति हुन् ।

भेटवाललाई यसअघि २१ फागुन २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पक्राउ गरेको थियो । त्यसबेला उनीमाथि खुलामञ्जको सार्वजनिक जग्गामा सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेर कब्जा गरेको आरोप थियो ।

त्यसअघि पनि भेटवाल विवादास्पद कारोबारका कारण ठगी, बैंकिङ कसुर, हुन्डी कारोबार, विदेशी मुद्रा अपचलन र सरकारी जमिनको दुरुपयोग लगायतका कसुरमा मुछिएका थिए । विद्यासुन्दर शाक्य मेयर हुँदा उनले काठमाडौं महानगरपालिकाका थुप्रै ठेक्काहरु हात पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?