+
+
Shares

वनमन्त्रीको एक वर्षे उपलब्धि : ४१ हजारलाई रोजगारीदेखि कार्बन व्यापारसम्म

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वनमन्त्री ऐनबहादुर शाही ठकुरीले एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
  • मन्त्री ठकुरीले वन क्षेत्रको सन्तुलित विकास, हरित अर्थतन्त्रको दिशा अवलम्बन र काठ उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन केन्द्रित रहेको बताए।
  • उनले वन उद्यमशीलता र रोजगारीमा वृद्धि भई ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको, कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको र वैदेशिक अनुदानका लागि सम्झौता भएको जानकारी दिए।

३२ असार, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले एक वर्षे कार्यकालको उपलब्धि सावर्जनिक गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत मन्त्री ठकुरीले ३१ असार २०८१ वन तथा वातावरणमन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ । मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानुनी सुधार भएको बताए ।

‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनका लागि हामी केन्द्रित भएका छौं । वनभित्र रहेका सुकेका तथा कुहिएका काठको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौं,’ उनले भने ।

उनले भने, ‘यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।’

उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए ।

उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानका लागि सम्झौता भएको उल्लेख गरे ।

मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रूपमा सफल भएको दाबी गरे ।

उनले हिमाली क्षेत्रका जीविकोपर्जनका लागि यार्सागुम्बाको निकासीका लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए ।

मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताए ।

उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए ।

उनले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विषेश पहल भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?