+
+
Shares

काठमाडौंमा खुल्यो ‘करेन्ट प्वाइन्ट’, राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद लिन पाउने

बुटवलमा रहेको करेन्ट प्वाइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले २७ असारदेखि काठमाडौं अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यसोदा फुड्सले काठमाडौं अनामनगरमा आफ्नो दोस्रो करेन्ट प्वाइन्ट आउटलेट सञ्चालनमा ल्याएको छ।
  • अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा पाएको सफलताले काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए।
  • ग्लोबल सीईओ जीपी साहले करेन्ट नुडल्सका विभिन्न नयाँ परिकार र स्वादको जानकारी मिडियालाई दिएका थिए।

३२ असार, काठमाडौं । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट प्वाइन्ट’ को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।

बुटवलमा रहेको करेन्ट प्वाइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले २७ असारदेखि काठमाडौं अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

सिंहदरबारको विपरित दिशामा, न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट प्वाइन्टको उद्घाटनमा चर्चित अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति थियो ।

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट प्वाइन्टले पाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए ।

‘काठमाडौंका नुडल्स पारखीहरू विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट प्वाइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्ने छ,’ उनले भने ।

उद्घाटनमा यसोदा फुड्सका ग्लोबल सीईओ जीपी साहले करेन्ट प्वाइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जबारे मिडियालाई विस्तृत जानकारी दिएका थिए ।

करेन्ट प्वाइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् । यहाँ ग्राहकले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । साथै, ग्राहकले आफ्नो रुचि अनुसार मसला र स्वाद पनि रोज्न सक्नेछन् ।

विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

करेन्टका पारखीले अब अनामनगरमा रहेको करेन्ट प्वाइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?