News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्डलिंक कम्युनिकेसन्सले दोस्रो सिजनको एनपीएलका लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने घोषणा गरेको छ।
- सम्झौतापत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका छन्।
- काठमाडौं गोर्खाजले मोन्टी देसाइलाई मुख्य प्रशिक्षक नियुक्त गरेको र करण केसीसहित केही खेलाडीलाई रिटेन गरेको छ।
३२ असार, काठमाडौं । प्रमुख इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ ।
सम्झौतापत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले औपचारिक रूपमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौं । अब काठमाडौं गोर्खाज मार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौं । वित्तीय पक्षभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो । खेलको दीर्घकालीन प्रगतिका लागि यस्ता सहकार्य आवश्यक छन् ।’
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ । हामीलाई खुसी लाग्छ कि वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ । यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ ।’
आगामी सिजनका लागि काठमाडौं गोर्खाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक मोन्टी देसाइलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी ९मार्की खेलाडी० सहित भीम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।
काठमाडौं गोर्खाज र वर्ल्डलिंक कम्युनिकेसन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याउनुका साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4