+
+
Shares

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को जजमा प्रदीप, अनुप, नीति, आँचल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ड्रीम्स युनिभर्सलले 'मिस नेपाल नर्थ अमेरिका २०२५' का पाँच जना जज घोषणा गरेको छ।
  • जुलाई २७ बाट बाल्टिमोरमा १९ जना फाइनलिस्टको क्लोज क्याम्प सुरु हुनेछ र २ अगस्ट न्यूयोर्कमा फिनाले हुनेछ।
  • प्रतियोगिताको विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् र आयोजकले यस संस्करणलाई भव्य तुल्याउने योजना बनाएका छन्।

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’का ५ जना जज (निर्णायक) घोषणा गरिएको छ । आयोजक संस्था ड्रीम्स युनिभर्सलले विज्ञप्ति जारी गर्दै जजको नाम खुलाएको हो ।

जजमा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अभिनेताद्वय प्रदीप खड्का र अनुपविक्रम शाही, अभिनेत्रीद्वय आँचल शर्मा र नीति शाह छन् । यी सबै सेलिब्रेटीले २ अगस्टमा अमेरिकाको न्यूयोर्कमा हुने फिनालेमा सहभागिता जनाउनेछन् ।

उक्त मितिमा क्वीन्सको मेलरोज बलरुममा समारोह हुनेछ । आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठले जजको नाम घोषणासँगै अब क्लोज क्याम्प सुरु हुने बताए ।

उनका अनुसार जुलाई २७ बाट बाल्टिमोरमा क्लोज क्याम्प सुरु हुनेछ, जहाँ १९ जना फाइनलिस्ट सहभागी हुनेछन् । उनीहरूलाई फिनालेको लागि आवश्यक तयारी र प्रशिक्षण कला सिकाइनेछ ।

आर्या आचार्य (पेन्सिलभेनिया), अमिसा भण्डारी (न्यूयोर्क), आर्या कोइराला (टेक्सास), बिना श्रेष्ठ (जर्जिया), दीपा गुरुङ (कोलोराडो), दीया श्रेष्ठ (न्यूजर्सी), हारा सुवेदी (न्यूयोर्क), कृष्मा सुवेदी (टिनिस), कुस्मिता खड्का (टेक्सास), कुसुम तिमल्सिना (टेक्सास) फाइनलिस्ट बनेका छन् ।

साथै, मिङ्मा वाई शेर्पा (कोलोराडो), मुना विष्ट (टेक्सास), नवीना लिम्बु (न्यूयोर्क), प्रतिमा श्रेष्ठ (टेक्सास), सब्बु बजिमय (भर्जिनिया), संस्कृति पाण्डे (कनेक्टिकट), सरिता तामाङ (न्यूयोर्क), स्नेह रुपाखेती (टेक्सास) र सुस्जिता पौडेल (मिनेसोटा) फाइनलिस्ट बनेका छन् ।

यो प्रतियोगिताको विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् । ‘यसवर्षको संस्करणलाई भव्य तुल्याउन हामी लागिपरेका छौं’ आयोजक प्रमुख श्रेष्ठले न्यूयोर्कबाट अनलाइखबरसँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?