+
+
Shares

राजनीतिक रुपमा शिक्षालाई लथालिंग पारेका छौं : सभापति थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १८:४२

३२ असार, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको कारण शैक्षिक अवस्था अस्तव्यस्त बनेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयेति एक कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्द निर्णय गर्दै आएको आरोप समेत लगाए ।

आवेदनकै आधारमा समूदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको उनको भनाय थियो ।

शिक्षा, स्वास्थ्य र देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुनेमा उनले जोड दिए ।

‘शिक्षा क्षेत्रलाई राज्यले धेरै अगाडी बढाउनुपर्छ भन्ने धारणा राख्यो । तर त्यसको मोडालिटी के हो ? कस्तो गुणस्तर दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा ध्यान दिएन,’ सभापति थापाले भने, ‘तलबाट आवेदन आएपछि स्वीकृति दियो । दरबन्दी दिन पर्दैन ? विद्यार्थी छन् कि छैनन् ? राजनीतिक रुपले हामीले शिक्षालाई लथालिंग पारेका छौं ।’

पछिल्लो समय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो बन्दै गएको टिप्पणी पनि गरे ।

‘शिक्षाको अवस्था यस्तो अवस्थामा भएपनि यसको सुधार गर्नका लागि विद्यालय शिक्षा विधेयक अगाडि बढेको छ । अहिले पनि महासंघको अध्यक्ष यहीँ हुनुहुन्छ,’ सभापति थापाको गुनासो थियो, ‘उहाँसँग सबै सहमति हुन्छ, अन्त गएपछि के हुन्छ थाहा छैन । उहाँहरूका धेरै मागहरू हामीले सम्बोधन पनि गरिसकेका छौं । शिक्षकहरू यो विधेयक नै शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक भएको छ ।’

शिक्षकहरूलाई विद्यार्थीप्रति उत्तरदायी बनाउन सकेमात्र शिक्षा क्षेत्रको सुधार हुने आफ्नो समितिको ठहर रहेको सभापति थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?