 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १५औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ।
- ब्यूरोका करिब ५० प्रहरी अधिकारीहरुले कार्यालय परिसरमा नेपाल प्रहरी अस्पतालबाट आएको टोलीमार्फत रगत संकलन गरेका छन्।
- संकलित रगत प्रहरी अस्पतालमा पठाइएको छ र ब्यूरोले भोलि प्रहरी प्रधान कार्यालयमा औपचारिक कार्यक्रम गर्नेछ।
३२ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ ।
ब्यूरोका करिब ५० प्रहरी अधिकारीहरुले रक्तदान गरेको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए । उनका अनुसार, कार्यालय परिसरमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाट आएको टोलीले रगत संकलन गरेको थियो ।
संकलित रगत प्रहरी अस्पतालमै पठाइएको छ । ब्यूरोले वार्षिकोत्सवको अवसरमा भोलि (बिहीबार) प्रहरी प्रधान कार्यालयमा औपचारिक कार्यक्रम समेत गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4