+
+
Shares

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । 

रासस रासस
२०८२ साउन १ गते १३:५४
१ साउन, टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।
नगर प्रमुख रामलाल थारूले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् ।
नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु एक हजार, दोस्रो पटक  रु तीन हजार र तेस्रो पटक रु पाँच हजार जरिवाना हुने उनले बताए ।
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक रु १० रु ५० र तेस्रो पटक  रु १०० जरिवाना लिइने छ ।
प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक  रु ६ हजार जरिवाना हुनेछ ।
नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन् ।
पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?