+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १३:५४

१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै उनले बालुवाटार र च्यासलको शीरमा राज रहुन्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा सचिवालयमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ ।’

उस्तै प्रकृतिको भ्रष्टाचार आरोपमा राजकुमार गुप्तालाई पदबाट राजीनामा दिन बाध्य पारिएको भन्दै मधेशी मूलको भएका कारणले त्यस्तो गरिएको उनको भनाइ छ ।

‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो,’ यादवले भनेका छन्, ‘बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’

भूमिमन्त्री अधिकारीको अडिओ लगायतका प्रमाणहरू छ्यापछ्याप्ती भएपछि ‘बा’ र अधिकारीका सगोत्री समुदाय मौन रहेको उनले बताएका छन् ।

‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ,’ यादवले अघि भनेका छन्, ‘बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?