
News Summary
Generated by OK AI. Editorially reviewed.- सविन राई एण्ड द फारोहले अमेरिकाको सांगीतिक भ्रमण अघि नयाँ गीत 'मलाई थाहा छ' सार्वजनिक गरेका छन्।
- ब्याण्डले २५ जुलाईदेखि २० सेप्टेम्बरसम्म १५ अमेरिकी सहरमा प्रस्तुति दिने कार्यक्रम तय गरेका छन्।
- ब्याण्डले भने, 'हामी 'मलाई थाहा छ' भन्ने नयाँ गीत लिएर फर्किएका छौं' र यो गीत रक शैलीमा रहेको छ।
काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणमा निस्कनुअघि लोकप्रिय ब्याण्ड ‘सविन राई एण्ड द फारोह’ले नयाँ गीत ‘मलाई थाहा छ’ सार्वजनिक गरेको छ ।
ब्याण्ड गठन भएयता यो दोस्रो गीत हो । यसअघि ब्याण्डबाट ‘धन्यवाद’ सार्वजनिक भैसकेको छ । नयाँ गीत ‘मलाई थाहा छ’ एक मर्मस्पर्शी र प्रेमप्रति समर्पित रक शैलीको गीत हो ।
तपाईं सविन राईको आवाजको प्रशंसक हुनुहुन्छ भने, नयाँ गीत तपाईंलाई उत्कृष्ट लाग्नसक्छ ।
‘हामी ‘मलाई थाहा छ’ भन्ने नयाँ गीत लिएर फर्किएका छौं । टाइट ग्रुभ्स र सशक्त आवाजले भरिएको छ । यो एक शैली हो जसले हामीलाई नयाँ काम गराइतर्फ अघि बढाउँछ, वास्तविक ब्यान्डसँगै जीवन्त अनुभूति तुल्याउँछ’ ब्याण्डले भनेको छ ।
‘ हामी त्यस्तो चीज सिर्जना गर्न चाहन्थ्यौं जसले स्टेज तताओस्, हिट होस् र जोशिलो संगीत प्रेमीदेखि प्रेरणा खोज्ने युवा संगीतकासम्म, हरेक श्रोतासँग जोडियोस् । यदि तपाईंलाई जीवन्त महसुस गराउने रक मन पर्छ भने, यो तपाईंको लागि हो’ ब्याण्डले उल्लेख गरेको छ ।
ब्याण्डको मुख्य गायकमा अहिले सविनसहित ड्रम्समा विनोद लामा, बासमा जीवन लामा, गितारमा जोन श्रेष्ठ लगायत छन् ।
यस्तो छ गीतका शब्द :
अँ थाहा छ तिम्रो बानी बेहोरा
आफ्नो लागि स्वार्थी छौ
कति बेला बुझ्छु म पनि त्यो कुरा
अल्लारे हैन अब म बुझ्ने भैसकेँ
अल्मलाउन नखोज, तिम्रो नाडी छामि सकेँ
गर्नु पनि अत्ति गर्दिन्छ
खिच्यो भने फिल्म नै बन्दिन्छ
हितैको माया लाउने मन
जर्ति नलाइ सोरै आना को तन
दिँदा पनि नहुने आजकल
कोशि नदीभन्दा ठूलो मुहान फुटाई दिएँ
गर्नुपर्ने सबै कुरामा रिति पुराइ दिएँ
यति गर्दा त दुश्मन फक्किन्छन
फाँसी पनि सजाय माफ हुन्छन
गर्नुगरे जति सक्थेँ मैले
तारा झार्नु बाहेक अरु सबै
आमा कस्सम हो अन्धो थिएँ म
तिम्रै मायामा म बेस्मारी
कति कठोर मन हो तिम्रो त्यो मैले बुझिन
बनिदिएछु तिम्रै लागि म एउटा खेलौना
बिडम्बना एस्तै भै दिन्छ
जति सम्झ्यो तेति मन दुख्छ …
अँ थाहा छ तिम्रो बानी बेहोरा
आफ्नो लागि स्वार्थी छौ
कति बेला बुझ्छु म पनि त्यो कुरा
अल्लारे हैन अब म बुझ्ने भैसकेँ
अल्मलाउन नखोज तिम्रो नाडी छामी सकेँ
गर्नु पनि अत्ति गर्दिन्छ
खिच्यो भने फिल्म नै बन्दिन्छ
१५ अमेरिकी सहरमा प्रस्तुति दिने
ब्याण्डले २५ जुलाईदेखि २० सेप्टेम्बरसम्म अमेरिमा सांगीतिक टूर गर्न लागेको छ ।
२५ जुलाईमा कोलोराडोको डेनभरबाट टूर हुन हुनेछ । २६ जुलाइमा पेन्सिलभेनियाको पिटसबर्ग, १ अगस्टमा टेक्सासको ड्यालस, २ अगस्टमा नर्थ क्यारोलिनाको चार्लोट्टी, ८ अगस्टमा म्यासाचुसेट्सको बोस्टनमा ब्याण्डले प्रस्तुति दिनेछ ।
९ अगस्टमा ओहायाको सिनसिटआटी, १५ अगस्टमा टेक्सासको अस्टिन, १६ अगस्टमा इलिनियोसको सिकागो, २३ अगस्टमा पेन्सिलभेनियाको ह्यारिसबर्ग, ५ सेप्टेम्बरमा मिनिसोटाको मिनिआपोलिसमा ब्याण्डले प्रस्तुति दिनेछ ।
६ सेप्टेम्बरमा मेरिल्याण्डको सिल्भर स्प्रिङ, १२ सेप्टेम्बरमा जर्जियाको एटलान्टा, १४ सेप्टेम्बरमा न्यूयोर्क सिटी, १९ सेप्टेम्बरमा लस एन्जलस र २० सेप्टेम्बरमा सन फ्रान्सिस्कोमा प्रस्तुति दिने कार्यक्रम छ ।
प्रतिक्रिया 4