+
+
Shares

विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन : केपी ओली

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कन पूर्वराष्ट्रपति भण्डारीले सल्लाह नगरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन्।
  • ओलीले भण्डारीले एमालेको राजनीतिमा फर्कन सल्लाह नगरेको र आधिकारिक सरसल्लाह नभएको उल्लेख गरेका छन्।
  • ओलीले भण्डारीको राजनीतिमा फर्कने निर्णय पार्टीले सोचेर गर्ने र प्रणालीमाथि प्रश्न उठ्ने तर्क समेत गरेका छन्।

१ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् ।

पत्रकार बिजयकुमारसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको अवसथा नरहेको बताएका हुन् । ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन, किनभने एक त उहाँ पोलिटिक्समा आउनु हुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन,’ ओलीले भने, ‘दोस्रो उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानु भएको छ । पहिले पनि लिडरसीपमा बसेर त्यस्तो संगठनात्मक काम गरेको अनुभव छैन ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कन पूर्वराष्ट्रपति भण्डारीले सल्लाह नगरेको बताएका छन् । ‘मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन’, ओलीले भने ।

तर एमालेको राजनीतिमा फर्कने घोषणा गरिसकेकाले भण्डारीबारेमा छलफल हुने बताएका छन् । ‘निर्णय त गर्नैपर्छ, उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनिसकेपछि’ ओलीले भनेका छन्, ‘उहाँले आउनु हुन्छ वा हुँदैन, मोरल्ली हुन्छ हुँदैन, गणतन्त्रमा के असर पर्छ ? समाजमा के असर पर्छ, पोालिटिक्समा के असर पर्छ । व्यवस्थामा के असर पर्छ उहाँकै जीवनमा के असर पर्छ यी सबै सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न चाहिँ गर्छ नै ।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्कदा प्रणालीमाथि प्रश्न उठ्ने तर्क समेत गरेका छन् । ‘उहाँले आफै विचार गर्नुपर्छ जस्तो लाग्छ, खै के बोलिराख्नु भएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?