+
+
Shares

७ घण्टादेखि च्यासलमा एमाले बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते २०:४३

१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि जारी नै छ ।

यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको ७ घण्टा बितिसकेको छ ।

तर, नेताहरू लगातार छलफल गरिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा आउने घोषणा गरेपछि बसेको यो पहिलो सचिवालय बैठक हो ।

बैठकको एजेन्डा भने विधान महाधिवेशन र त्यसको तयारी रहेको छ । यद्यपि, बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उनको राजनीतिक यात्राबारे चासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?