+
+
Shares

नीति शाह, मुकुन भुसाल स्टारर ‘जदौ’को छायांकन भदौदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'जदौ' अन्तरजातीय प्रेमजोडीले भोग्ने विभेद र त्यसविरुद्धको संघर्षको कथामा निर्माण हुने भएको छ।
  • निर्देशक काजी लिम्बु र अञ्जन शर्माले संयुक्तरुपमा निर्देशन गर्ने फिल्म भदौ पहिलो साताबाट दाङ र प्युठानमा सुटिङ सुरु हुनेछ।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको टाइटल अनावरण गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता वाचन गरे।

काठमाडौं । अन्तरजातीय प्रेमजोडीले भोग्ने विभेद र त्यसविरुद्ध उनीहरूले गर्ने संघर्षको कथावस्तुमा फिल्म ‘जदौ’ निर्माण हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा फिल्मको औपचारिक घोषणा गरियो ।

‘जदौ’ एक गीतको स्थायी हो । प्रेसमिटमा यसका कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रीति कौर लिखित गीत वाचन गर्दा माहोल स्तब्ध बन्यो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे ।

अन्तरजातीय प्रेमसम्बन्धको कथा भनिएपनि यसबारे विस्तृत खुलाइएको छैन । निर्देशन काजी लिम्बु र अञ्जन शर्माले संयुक्तरुपमा गर्नेछन् ।

भदौ पहिलो साताबाट सुटिङ सुरु हुने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ ।

सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा अहिले पनि व्याप्त जातीय विभेदका विविध घटनाबाट प्रेरित रहेको बताउँदै यसप्रकारका भेदभाव निर्मुल गर्न फिल्मले आवाज बुलन्द गर्ने दावी गरिन् ।

निर्देशक शर्माले समाजका यथार्थ घटना, जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने बताए । अर्का निर्देशक लिम्बुले आफूले भोगिआएको वास्तविक विभेदकारी घटना र प्रसंगमा जदौ निर्माण हुने बताए ।

अभिनेता भुसाल र न्यौपानेले आफूहरूले अहिलेसम्म गरेका भन्दा भिन्न पात्र र भूमिका यो फिल्ममा गर्न लागेको र यो चुनौतीपूर्ण हुने बताए । अभिनेत्री शाहले स्क्रिप्ट र टिम निकै मन परेको बताउँदै यो फिल्ममा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन् ।

फिल्मको लागि आफू विशेषरुपले तयार भैरहेको उनले बताइन् । अभिनेता पालले आफूलाई विश्वास गरेर गहन भूमिकाको जिम्मा दिएकोमा खुसी व्यक्त गरे । ‘जदौ’ले आफ्नो करिअर उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे)को पनि अभिनय हुनेछ । सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् ।

श्याम तामाङले खिच्ने फिल्मको निर्माण व्यवस्थापकमा बुद्धिलाल माझी, कला निर्देशकमा चिरञ्जीवि भण्डारी, एक्सन निर्देशकमा मिलन श्रेष्ठ छन् । विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्मका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत छ । फिल्म दाङ र प्युठानका बिभिन्न स्थानमा खिचिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?