+
+
Shares

सम्पत्ति शुद्धीकरण विभागमा राप्रपा : ०४६ यताका सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले विसं २०४६ यताका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा ज्ञापन पत्र बुझाएको छ।
  • राप्रपाले नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ज्ञापनपत्र बुझाएको थियो।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टोलीले ०४६ यताका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनीहरुका आफन्तहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ।

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विस २०४६ साल यताका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा पनि ज्ञापन पत्र बुझाएको छ ।

यसअघि शुक्रबार नै राप्रपाले नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।

शुक्रबार दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा दलबलसहित सम्पत्ति शुद्धीकरण विभाग पुगेको टोलीले ०४६ यताका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनीहरुका आफन्तहरुको समेत सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?