
२ साउन, काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा बन्दको अवज्ञा गरेको भन्दै विद्यार्थीहरूले स्कुलको गाडी तोडफोड गरेका छन् ।
नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले युलियन्स स्कुलको गाडी तोडफोड गरेका हुन् ।
उक्त संगठनले आज देशभरका शैक्षिक हड्ताल गर्ने घोषणा गरेको थियो ।
यद्यपि उक्त बन्दको अवज्ञा गरेको भन्दै गाडी तोडफोड गरेको क्रान्तिकारीका विद्यार्थी नेताहरूले जनाएका छन् ।
यसअघि यही विद्यार्थी टोलीले हिजो मात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरेका थिए ।
पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत जनताको आह्वान नमानेको ठहर गर्दै गाडी तोडफोड गरिएको संगठनका सचिव डीबी शाहीले जानकारी दिए ।
संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप उनीहरूले लगाएका छन् ।
प्रतिक्रिया 4