+
+
Shares

ओली-भण्डारीलाई बास्कोटाको सुझाव : राजनीतिक ढंगले विवाद सुल्झाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १७:३७

३ असार, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीमा देखिएको विवाद मिलाउनका लागि विश्वासिलो आधार तयार पार्न सुझाव दिएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउने घोषणापछि एमालेमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ ।

यसैबीच, शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा बोल्ने क्रममा नेता बास्कोटाले छलफल गरेर विवाद टुंग्याउन अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिए ।

‘अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, दुनियाँलाई थाहा छ,’ उनले भने, ‘तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन ।’

उनले समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूलाई पनि आग्रह गरे ।

‘दोस्रो पुस्ताका हौं भन्नेहरुले मिलाउने क्षमता देखाउनुस्, तपाईंहरूसँग त हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौं,’ बास्कोटाले भने ।

अहिलेको बेलामा पार्टीमा कसैले झटारो हान्ने काम नगर्न पनि उनले बैठकमा सुझाव दिए ।

बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?