+
+
Shares

गाजरको भाउ किलोको १०० पुग्यो

बजारमा लोकल र तराई गरी दुई प्रकारका गाजर किन्न पाइन्छ । एक साता अवधिमा गाजरको भाउ २५ देखि ३० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ११:२४

४ साउन, काठमाडौं । स्थानीय बजारमा गाजरको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले गाजरको भाउ बढेको देखाएको हो ।

बजारमा लोकल र तराई गरी दुई प्रकारका गाजर किन्न पाइन्छ । एक साता अवधिमा गाजरको भाउ २५ देखि ३० रुपैयाँ बढेको छ ।

आज आइतबार कालीमाटी बजारमा लोकल गाजर थोकमा प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै तराई गाजर प्रतिकिलो थोकमा ८० देखि ९० रुपैयाँमा किनबेच भइरहेको समितिको तथ्यांकले देखाएको छ ।

एक साताअघि बजारमा लोकल गाजर प्रतिकिलो ७५ देखि ८५ रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, तराई गाजर किलोको ६० देखि ७० रुपैयाँ थियो ।

एक महिनाअघि कालीमाटी बजारमा लोकल गाजर किलोको २५ देखि ३५ र तराई गाजर १५ देखि २५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?