
५ साउन, काठमाडौं । इजरायलले मध्य गाजाको देर अल–बलाहमा स्थल र हवाई आक्रमण गरेको छ ।
देर अल–बलाहमा दक्षिणी गाजाको राफाह र खान यूनुसबाट विस्थापित भएका हजारौं मानिसले शरण लिएर बसेका छन् ।
सोही क्षेत्रमा इजरायली ट्यांक र सैन्य वाहन किसुफिम चेकपोइन्टबाट सहरी क्षेत्रमा प्रवेश गरेको स्थानीय पत्रकारहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
आइतबार इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले देर अल–बलाहमा शरण लिएर बसेकाहरुलाई तत्काल ठाउँ खाली गर्न चेतावनी दिएको थियो ।
त्यसपछि हजारौं मानिस रातारात सहर छाडेर अल–मवासीको तटीय क्षेत्रमा पुगेका समाचारमा उल्लेख छ ।
सहर खाली गरेर इजरायली सेनाले त्यहाँ नयाँ करिडोर बनाउन खोजेको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे इजरायली सेनाका अधिकारीले थप बताउन अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4