+
+
Shares

‘होस्टेल’को चौथो शृङ्खला घोषणा

‘बाउ भर्सेज छोरा’ अर्को वर्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माताले सोमबार व्यवसायिक हिट फिल्म ‘होस्टेल’को चौथो श्रृंखला ‘होस्टेल अगेन’ निर्माणको घोषणा गरेका छन्।
  • फिल्म ‘होस्टेल अगेन’ सशान कँडेलले निर्देशन गर्नेछन् र शीर्ष भूमिकामा नयाँ पुरुष र महिला कलाकार रहनेछन्।
  • ‘होस्टेल’ सिरिजको पहिलो भाग २०७० सालमा र दोस्रो भाग २०७२ सालमा रिलिज भएको थियो र यसअघि ‘बाउ भर्सेज छोरा’ चलचित्र अर्को वर्ष सारिएको छ।

काठमाडौं । व्यवसायिक हिट फिल्म ‘होस्टेल’को चौंथो श्रृंखला बन्ने भएको छ । निर्माताले सोमबार चौथो श्रृंखला ‘होस्टेल अगेन’ निर्माणको घोषणा गरेका हुन् ।

मिनिमल पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिइएको हो । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो फिल्म ’होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाभन्दा भिन्न हुने देखिन्छ ।

फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् । कँडेलले २०८१ सालको हिट फिल्म ‘होस्टेल ३’ निर्देशन गरेका थिए । पटकथाकार माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।

चौंथो श्रृंखलाको शीर्ष भूमिकामा पुरुष र महिला कलाकार नयाँ हुने जनाइएको छ । यो फिल्मको लिगेसी नै नयाँ कलाकारलाई डेब्यु गराउनु हो । अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, सुशिल सिटौला, सुशिल श्रेष्ठ, नाजिर हुसेनले अघिल्ला श्रृंखलाबाट डेब्यु गरेका हुन् ।

’होस्टेल’ सिरिजको पहिलो भागलाई २०७० सालमा हेमराज बिसी र दोस्रो भाग ’होस्टेल रिटन्र्स’लाई २०७२ सालमा सुरज भुसालले निर्देशन गरेका थिए ।

यसअघि यही समूहले ’बाउ भर्सेज छोरा’ नामक चलचित्र पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त चलचित्र अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?