+
+
Shares

रुपन्देही-३ को उम्मेदवारका लागि रास्वपाले साउन ७ बाट प्रक्रिया सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १८:०२

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया ७ साउनबाट सुरु गर्ने भएको  छ ।

उक्त क्षेत्रमा उम्मेदवार हुन चाहनेले आउँदो बुधबारदेखि २१ साउनसम्म आवेदन पेश गर्न सक्नेछन् । पार्टीको न्युनतम मापदण्ड र कानुनी योग्यता पुगेका व्यक्तिहरूले उम्मेदवारको दाबी गरेर आवेदन दिनसक्ने रास्वपाले जनाएको छ ।

उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइल एपबाट आवेदन दिनुपर्ने पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी गराए ।

रास्वपाले प्रारम्भिक मतदानबाट उम्मेदवार छान्ने विधि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?