
७ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएको छ । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यसपटक पहिरोले इकुमा मात्र चारपटक सडक अवरुद्ध भइसकेको छ । यसअघि पनि पहिरोका कारण गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4