
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट बन्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
- खानेपानी मन्त्रालयले मधेश प्रदेशका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने सांसद खतिवडाले बताए।
- मधेश प्रदेशका आठ जिल्ला विपद् संकटग्रस्त र सुख्खा क्षेत्र घोषणा गरिएको छ।
७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
यो विषयमा खानेपानी मन्त्रालयले आवशयक पहल लिनुपर्ने उनको आग्रह छ ।
‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसद्मा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु,’ उनले भने ।
मधेश प्रदेशले सुख्खा क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4