+
+
Shares

म भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने संकल्पप्रति दृढ छु : प्रधानमन्त्री ओली

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिंदै ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने संकल्पप्रति दृढ रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १४:५१

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने संकल्पप्रति दृढ रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं’ प्रधानमन्त्री ओलीले भने ।

तथापि, कतिपयले फेसनको रुपमा लाञ्छना लगाउने गरेको उनले बताए । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए ।

कसैले केही लेखेकै वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?