+
+
Shares

मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १४:५१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटमा धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोड्ने क्रममा दुई किसानको करेन्ट लागेर मृत्यु भएको छ।
  • कटहरीया नगरपालिका-२ का मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ का रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो।
  • मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए।

७ साउन, रौतहट । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ ।

रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिँचाइ गर्ने क्रममा दुई जना किसानको ज्यान गएको हो । कटहरीया नगरपालिका-२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।

धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा गए राति मोक्तार देवानलाई करेन्ट लागेको थियो ।

उनलाई उपचारका लागि गरुडामा रहेको ग्रान्डी अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए ।

यसैगरी आज बिहान ७ बजेको समयमा आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा रामबाबु मुखियालाई करेन्ट लागेको थियो ।

उनलाई उपचारका लागी प्रादेशिक अस्पताल गौर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

पछिल्लो समय रौतहटका सिँचाइका क्रममा करेन्ट लागेर ज्यान जाने घटना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?