+
+
Shares

सामाजिक सुरक्षा कोषमा करिब २४ लाख श्रमिक आबद्ध

गत आव २५ अर्ब ३६ करोड योगदान रकम संकलन भएको छ । यससहित कुल योगदान रकम संकलन ८३ अर्ब २५ करोड पुगेको समेत सामाजिक सुरक्षा कोषले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक संख्या २३ लाख ७४ हजार ४ सय ८६ पुगेको छ।
  • २०८१/८२ मा ८ लाख ८२ हजार ९ सय ४६ श्रमिक थपिएका छन्।
  • गत आवमा कोषले ५ अर्ब ८७ करोड भुक्तानी गरी कुल १५ अर्ब ७५ करोड भुक्तानी गरिसकेको जनाएको छ।

७ साउन, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक संख्या झन्डै २४ लाख पुगेको छ ।

कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गरेको हो । त्यस अन्तर्गत २०८१/८२ मा ८ लाख ८२ हजार ९ सय ४६ श्रमिक थप भई कुल श्रमिक २३ लाख ७४ हजार ४ सय ८६ पुगेको हो । यसमध्ये औपचारिक क्षेत्रका ६ लाख १ हजार ८ सय २५ पुगेका छन् ।

वैदेशिक रोजगारतर्फ १७ लाख ७१ हजार ५ सय ३७ पुगेको छ । स्वरोजगारतर्फका श्रमिक संख्या १ हजार १ सय २४ छ । २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण २० हजार ९ सय ५१ पुगेको छ ।

गत आव २५ अर्ब ३६ करोड योगदान रकम संकलन भएको छ । यससहित कुल योगदान रकम संकलन ८३ अर्ब २५ करोड पुगेको समेत सामाजिक सुरक्षा कोषले जनाएको छ ।

यस आवमा कोषले औषधोउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत १ लाख १० हजार ६ सय ९६ योगदानकर्तालाई २ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५ हजार ९ सय ३३ योगदानकर्तालाई २० करोड भुक्तानी गरिएको छ । आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी गरिएको छ ।

गत आवमा कुल ३ लाख ६२ हजार दाबी भुक्तानी मार्फत ५ अर्ब ८७ करोड भुक्तानी गरिएको छ । यससँगै कोषले कुल ७ लाख ५६ हजार दाबी भुक्तानी मार्फत १५ अर्ब ७५ करोड भुक्तानी गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?