
७ साउन, काठमाडौं । उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ ।
न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
१० साउनका लागि तय भएको अधिवेशन रोक्न अदालतले बुधबार अल्पकालीन आदेश दिएको हो । नगर अधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै विष्णुबहादुर बस्नेतले रिट दायर गरेका थिए । बस्नेतले जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
रिट निवदेक बस्नेतलाई केन्द्रीय अनुशासन समितिले इटहरी उपमहानगरपालिको रास्वपा सभापति पदबाट निलम्बन गरेको थियो । जिल्ला सभापति रहेका जीवनकुमार श्रेष्ठलाई पनि अनुशासन समितिले पदबाट निलम्बन गरेको थियो ।
नगर सभापति बस्नेतलाई निलम्बन गरेको समयमा अधिवशेन गर्न नहुने तर्क जिल्ला, नगर तहका असन्तुष्ट नेताहरुले बताएका थिए । नगर अधिवेशनका संयोजकका महेश थापालाई केन्द्रले तोकेको थियो ।
थापाले १ र ३ नम्बर वडाको अधिवशेन गरेका थिए । नगर सभापतिलाई निलम्बन गरेर अधिवेशन गर्नु लोकतान्त्रिक पद्धति अनुसार नहुने हुँदा अधिवशेन रोक्ने माग गर्दै अदालत गएको असन्तुष्ट पक्षका सुनसरीका एक नेताले जानकारी गराए ।
हेर्नुहोस् अदालतको आदेश :
प्रतिक्रिया 4